चर्तित निर्देशक प्रभु देवासँग फिल्म निर्देशन गर्दै नेपाली युवा मनिष

Posted on: 20 Dec, 2016


अजयकुमार साह | पुस ५, उदयपुर(गाईघाट) | नेपालका डान्स किङका रुपमा चर्चा कमाएका मनिष श्रेष्ठ एसियाका चर्चित नृत्य निर्देशक प्रभु देवासँग बलिउडमा निर्माण हुँदै गरेको हिन्दि चलचित्र “धुमरान” मा सहायक नृत्य निर्देशकको रुपमा काम गर्ने भएकाछन् । उदयपुरको पहाडी गाविस सोरुङ छविस्से स्थायी घर भएका २३ बर्षिय मनिषले केही दिनभित्र फिल्मको काम शुरु गर्ने भएका हुन् ।

२ सय भन्दा बढी नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेका मनिषले पाँचसय भन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरिसकेकाछन् । उनले निर्देशन गर्नुका साथै करिब डेढ दर्जनबढी गीतहरुमा आवाज दिइसकेका छन् । त्यस्तै करिब ५० वटा भन्दा बढी गीतमा संगित समेत दिएकाछन् ।

सानै उमेर देखीनै सफल कलाकार बन्ने सपना बोकेर हिडेका मनिषले सगरमाथा स्टारको उपाधिका साथै गृह जिल्ला उदयपुरमा आयोजित उदयपुर ताराको उपविजेताको रुपमा छनौट भई उपाधि पाएकाछन् । नृत्य निर्देशन, म्युजिक भिडियो निर्देशन सँग सँगै उनले काठमाण्डौंमा नेपालकै सवैभन्दा ठूलो नृत्य प्रशिक्षण केन्द्र  एमएस डि थ्रि संचालन गर्दै आएकाछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!