अमेरिकामा रंगपत्रकार विधान कार्की पुरस्कृत

Posted on: 20 Dec, 2016

पुस ५, अमेरिका | गत शुक्रबार अमेरिकाको फ्लोरिडा स्थित मयामी शहरमा भव्यरुपमा आयोजना भएको नेपाली साँझ फ्लोरिडामा नेपाली कला साहित्य सिनेमा र समाजसेवामा महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएका विभिन्न व्यक्तिहरुलाई सम्मानित गरिएको छ । 

एभरेष्ट कलायात्रा फिल्मस् र नेपलिज एसोसिएसन अफ फ्लोरिडाद्धारा आयोजित उक्त कार्यक्रममा वरिष्ठ नाट्य निर्देशक सुनिल पोखरेल र वरिष्ठ रंगकर्मी नायीका निसा शर्मा विशेष सम्मानद्धारा सम्मानित हुनुभएको छ भने सिने पत्रकार विधान कार्की यस वर्षको एभरेष्ट कलायात्रा सिने पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ साथै उक्त कार्यक्रममा कलाकार नवराज श्रेष्ठ, संचारकर्मी शैलेष पोखरेल, निर्माता रबीन कार्की "रायान रेज", रामशरण थापा, डा. चुडामणि खनाल, नवराज सापकोटा, धुर्व सापकोटा लगायत विभिन्न व्यक्तिहरु सम्मानित हुनुभएको छ । 

फ्लोरिडा ईन्टरनेशनल युनिभर्सिटीमा आयोजना भएको कार्यक्रममा वरिष्ठ नाट्य निर्देशक सुनिल पोखरेलले आफ्नो नाटक समेत मंचन गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!