युट्युबमा हिट १० गीत: सुर्केथैलीलाई पछ्याउँदै पूर्वपश्चिम रेल

Posted on: 23 Dec, 2016


पुस ८, काठमाडौं । नेपाली फिल्म वडा नम्बर ६ को ‘सुर्केथैली खै’ गीत नेपाली संगीत बजारमा जति लोकप्रिय छ, त्यो भन्दा बढी यो गीत युट्युबमा हिट भइरहेको छ । 

लामो समयदेखि युट्युबमा हिट १० गीतको एक नम्बरमा ‘सुर्केथैली खै’ रहिरहेको छ । यो गीतको हिटिङ रेट अझै बढ्दो क्रममा छ । बिहीबार युट्युबमा यो गीत हेर्नेको संख्या एक करोड ७४ लाख ५ हजार २ सय ५८ रेकर्ड भएको छ ।

सुर्केथैली पछ्याउँदै छक्कापञ्जा फिल्मको गीत ‘पूर्वपश्चिम रेल’ उत्कृष्ट १० को दास्रो स्थानमा छ । हालै ठूलो पर्दाको हलमा सयदिने प्रदर्शनको खुशी छक्कापञ्जाले मनाइसकेको छ ।

वडा नम्बर ६ को गीत भन्दा धेरै पछि युट्युबमा पसेको यो गीत हेर्नेको संख्या एक करोड निकट पुग्दै छ । बिहीबारसम्म यो गीत हेर्नेको संख्या ८५ लाख ६४ हजार ३ सय ९ पुगेको छ । -नागरिक दैनिक 

युट्युबमा हिट १० गीत

पहिलो गीत : सुर्केथैली खै (वडा नम्बर ६)

दास्रो गीत : पूर्वपश्चिम रेल (छक्कापञ्जा)

तेस्रो गीत : शिरैमा शिरबन्दी (हाउफन्नी)

चौथो गीत : निर जहिले रिसाउने (पुरानो डुंगा)

पाँचौ गीत : कम्मरमाथि पटुकी (नाइ नभन्नु ल ३)

छैटौं गीत : म यस्तो गीत गाउँछु (प्रेमगीत)

सातौं गीत : कुरा खाँटी छ (परदेशी)

आठौं गीत : ठमेल बजार (लुट २)

नवौं गीत : फिगर कोकाकोला (अधकट्टी)

दशौं गीत : मैना राजा मैना रानी (नाइ नभन्नु ल ४)

यस बिषयमा तपाइको प्रतिक्रिया...!