‘थ्रि मङ्किज’को माघ २८ रिलिज मिति घोषणा गर्दै ट्रेलर सार्वजनिक

Posted on: 23 Dec, 2016


पुस ७, काठमाडौं । चलचित्र ‘थ्रि मङ्किज’ को ट्रेलर सार्वजनिक गरीएको छ । 

आउँदो माघ २८ गते रिलिज मिति घोषणा गरेसँगै पौने तिनमिनेट लामो ट्रेलर सार्वजनिक गरीएको हो ।

हिमाल पहाड र तराई तिनप्रदेशका तिन पात्र काठमाडौं आएपछि उनीहरुको रहनसहनलाई लिएर नमिल्ने कथालाई समेटेर बनाइएको ‘थ्रि मङ्किज’मा रेशम फिरीरी, सरोज केसी, दिलिप तामाङ्ग र नायिका सरिना बयलकोटीको मुख्य भुमिका रहेको छ । 

केहि दिन अघिमात्र चलचित्र युनिटले चलचित्रमा समावेश बर पिपल छाँयाले बोलको गीत सार्वजनिक गरेको थियो ।

भाईराम श्रेष्ठको निर्देशनमा तयार भएको यस चलचित्रलाई निरेन श्रेष्ठले निर्माण गरेका हुन् भने साथै जनकराज अधिकारी कार्यकारी निर्माता हुन् । चलचित्रलाई जनकराज अधिकारीले नै खिचेका हुन् ।

 निर्माता निरेन श्रेष्ठले दिएको जानकारी अनुसार चलचित्र माघ २८ गते रिलिजका लागी सम्पुर्ण तयारी भइसकेका बताएका छन् । उनले पछिल्लो समयका दर्शकह?को माग अनुरुपको चलचित्र बनेको र दर्शकलाई मन पर्नेमा बिस्वस्त रहेको पनि बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!