हट मोडल तिर्सनाले ल्याइन् आफ्नै स्वरमा रहेको राष्ट्रियता झल्किने गीतको भिडियो

Posted on: 03 Jan, 2017

पुस १९, काठमाडौं । हट मोडलको रुपमा चिनिएकी तिर्सना बुढाथोकी पछिल्लो समय गायन तर्फ पनि सक्रिए भएकी छिन् । तिर्सनाले भर्खरमात्र एक राष्ट्रियता झल्किने म हुँ नेपाली कि छोरी बोलको गीतको भिडियो बजारमा ल्याएकी छिन् । जुन गीतमा तिर्सना आँफ्नै स्वर दिएकी छिन् ।

तिर्सनाले आँफैले निर्देशन गरेको सो भिडियोमा तिर्सनासँग सुस्मिता गुरुंङको अभिनय रहेको छ । सार्वजनिक गीतमा गोबिन्द प्रसाद उपाध्यायको शब्द रहेको छ भने बिक्रम थापाले संगीत गरेका छन् ।

पछिल्लो समय मोडलिङ सँगसँगै गायन र निर्देशन तर्फ तिर्सना सक्रिए देखिन्छिन् । उनले गएको तिजमा दुईवटा आफ्नै स्वरमा रहेको गीत बजारमा ल्याएकी थिइन् भने उनले अहिलेसम्म र्याप गीत सहित ८ वटा गीतहरुमा स्वर दिइसकेको साझासबाललाई बताएकी छिन् । 

तिर्सनाको राष्ट्रिय भाव झल्कने गीतको भिडियो तल हेर्न सक्नुहुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!