अनिल कपूरद्वारा अवार्ड फङसनमै छोरीको आलोचना (तश्विर सहित)

Posted on: 05 Jan, 2017


पुस २१, एजेन्सी | अनिल कपूर आफ्नी छोरी सोनमसँग अनुशासनको बिषयलाई लिएर अवार्ड कार्यक्रममै आक्रोशित भएका छन् ।

अवार्ड फंक्शनमा अनिल र सोनम दुवै सामेल भएका थिए । उक्त कार्यक्रममा फिल्म ‘नीरजा’ का निर्देशक राम माधवानी र ‘पिंक’ का अनिरुद्ध राय चौधरीलाई २०१६ को बेस्ट फिल्ममेकर अवार्ड प्रदान गरियो । यसैक्रममा जब अनिल कपुरले नीरजाको सबै समुहलाई मन्चमा बोलाए । तर सबैजना आए पनि उनकी छोरी सोनम भने उपस्थित भइनन । अनिलले माइकबाट बोलाउँदा उनि स्टेज पछाडी आफ्ना साथीहरुसँगको कुराकानीमा व्यस्त बनेकी थिइन् ।

अनिलले मंचबाट पटक-पटक उनको नाम उच्चारण गरे, तर सोनमले अनिललाई सुनिनन । त्यसै क्रममा अनिल कपुरले माइकबाटै सबैको अगाडी आफ्नी छोरीलाई आलोचना गरेर भने 'सोनम, आफ्नो बुबाबाट केहि सिक' । त्यसपछी भने सोनमको ध्यान अनिलतर्फ केन्द्रित भयो र हतार-हतार मंचमा उपस्थित भइन् । तर पनि उनि धेरैबेर स्टेजमा टिकीनन । उनि निर्देशकले अवार्ड लिने बित्तिकै तत्काल स्टेजबाट बिदा भईन । आफ्नो बुबाको आलोचना खेपेकी सोनमले निर्देशक राम माधवानीको स्पीच समेत सुनिनन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!