थ्रि मङ्किजको पोष्टर सार्वजनिक, तिनैजना एउटीको पछि

Posted on: 06 Jan, 2017

पुस, काठमाडौं । चलचित्र थ्रि मङ्किजको पोष्टर सार्वजनिक गरीएको छ । आउँदो माघ २८ गते प्रदर्शन हुने तयारीमा रहेको यस चलचित्रको पहिलो पोष्टरमा तिनजना पात्र एक नारीको पछि लागेको देखाइएको छ । चलचित्रमा तिनजा पात्रको मुख्य भुमिका रहेको छ । 

भाईराम श्रेष्ठ निर्देशीत चलचित्रलाई निरेन श्रेष्ठले निर्माण गरेका हुन् । ‘थ्रि मङ्किज’मा रेशम फिरीरी, सरोज केसी, दिलिप तामाङ्गको साथमा नायिका सरिना बयलकोटीको मुख्य भुमिका रहेको छ   । सार्वजनिक पोष्टरमा पनि यी चारपात्रलाई देखाइएको छ । 

चलचित्रलाई माघ २८ मा हेर्न पाउने गरी सबैकाम सकिएको निर्माता निरेनले जानकारी दिए । हामीले घोषणा मितिमै  फिल्म प्रदर्शन गर्ने तयारीमा छौं, पछिल्लो समय दर्शकको माग अनुरुपको चलचित्र बनेको छ, आशा छ दर्शकले मनपराइदिनुहुनेछ, निर्माता निरेनले भने ।

‘थ्रि मङ्किज’को यसभन्दा अघि ट्रेलर र गीत सार्वजनिक भइसकेको छ । सार्वजनिक ट्रेलर र गीतलाई दर्शकले राम्रै मनपराएको प्रतिक्रिया चलचित्र निर्माण युनिटले दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!