गायिका कला राईको चौंथो गीति एल्बम “इशारा” बजारमा (भिडियोसहित)

Posted on: 18 Jan, 2017

माघ इटहरी । पान धारे चौकी माया पो नलाइ बा मरिन्छ की गीतबाट नेपाली सांगीतिक  आकाशमा बहुचर्चित गायिका कला राई नेपाली गीत(संगीत प्रेमीहरुका लागि कुनै नौलो नाम होइन ।

सवै विधाका गीतहरुमा दख्खल राख्दै सांगीतिक क्षेत्रमा पृथक पहिचानका साथ निरन्तर लम्किरहेको एक आशा लाग्दो नाम हो कला  राई । 

रेडियो नेपालले आयोजनामा २०५७ सालको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा प्रथम भए संगै आफ्नो पहिलो एल्बम “कला” बाट नेपाली सांगीतिक जगतमा डेब्यु गरेकी राईले कला एल्बम पछि “अफर” र “लुक्स” बजारमा ल्याइसकेकी छिन् भने यो गायिकाको चौथो एल्बम हो । 

पुर्बी पहाडी जिल्ला भोजपुरको ओख्रेमा जन्मेकी गायिका राई तेश्रो एल्बमको चर्चा सेलाउन नपाउंदै चौथो एल्बम “इशारा” म्युजिक भिडियो सहित बजारमा ल्याउन सक्नुले पनि गायिकाको संगीत प्रतिको मोह र सफलतालाई इंगित गर्न सकिन्छ ।

एल्बम भित्र आधुनिक,लोक र पप गितहरुको सम्मिश्रण रहेको छ भने एल्बममा ६ वटा गीतहरु इशाराले बोलाउने, बिनायो मुर्चुङ्गा, धेरै रोएं, लाग्छ माया, फुल फुल्यो चमेली र साकेला नाचौ रहेका छन् । 

एक गीतमा गायिकालाई साथ दिएका छन् गायक दिपेश राई भने अन्य ५ गीतहरुमा गायिकाको एकल स्वर सुन्न सकिन्छ । सबै “इशारा” एल्बमको अडियो संगै भिडियो पनि एकै साथ सार्वजानिक भएको छ ।

जोवान (विनायो मुर्चुङ्गा) वोल गीतको म्युजिक भिडियो युट्युवमा सार्वजानिक भैसकेको छ भने अन्य गीतको म्युजिक भिडियोहरु पनि चा‘डै बजारमा उनी बताउछिन । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!