त्रिभुवन पार्कमा साँझपख यस्तो अवस्थामा प्रेमीसँग भेटीइन् नायिका केकी अधिकारी (भिडियोसहित)

Posted on: 19 Jan, 2017


माघ, काठमाडौं । गायक पर्शुराम रिजालको नयाँ गीतको भिडियो 'काठै खायो धमिरैले पातै खायो किरैले' सार्वजनिक भएको छ । 

राजुबाबु श्रेष्ठका शब्द शृजनामा  राजनराज शिवाकोटीले संगीत भरेको गीत मुख्यतया युवापुस्तालाई लक्षीत गरेर बनाइएको गायक परशुरामले बताए । राजन इशानले एरेन्ज गरेको गीतको म्युजिक भिडियो युवराज वाइबाको निर्देशनमा तयार भएको छ । भिडियोमा पुष्पल खड्का र केकी अधिकारीको अभिनय छ । 

म्युजिक भिडियोमा जमेका यी दुई जना कलाकारको जोडी निकै सुहाएकाले गीतले चर्चा पाउने विश्वास गायक पर्शुरामले लिएका छन् । निशान घिमिरेले भिडियो सम्पादन गरेका छन् । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।

गीतको छाँयांकन त्रिभुवन पार्कमा गरिएको हो । गायक पर्शुरामले यो भन्दा अघि कृति एल्बम बजारमा ल्याएका थिए । त्यसपछि उनले काव्य बजारमा ल्याए । अहिले भने उनी सिंगल ट्रयाकका साथ संगीतप्रेमीका माझ आएका हुन् । भिडियोलाई भाइब्स क्रियसनले बजार ब्यबस्थापन गरेको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!