सुटिङ सेटबाट फर्कँदै गर्दा नायिका नम्रता श्रेष्ठ दुर्घटनामा

Posted on: 22 Jan, 2017


माघ ९, काठमाडौं । सुटिङ सकेर फर्कदै गर्दा नायिका नम्रता श्रेष्ठ दुर्घटनामा परेकी छिन् ।

शनिबार राति चलचित्र ‘पर्व’को सुटिङ सेटबाट फर्कँदै गर्दा राजधानीको नयाँ बानेश्वर चोकमा दुर्घटनामा परेकी हुन् । दुर्घटनामा नायिका नम्रता सँगै सह निर्देशक सुरेश न्यौपाने पनि परेका छन् ।

दुर्घटनाबाट नम्रताको हातमा सानो चोट लागको छ भने सुरेशको खुट्टामा चोट लागेको छ । उनीहरुको अवस्था भने सामान्य छ । बा.१. झ १७७५ नम्बरको ट्याक्सीले भ्यानलाई ठक्कर दिएर दुर्घटनामा भएको निर्देशक दिनेश राउतले जानकारी दिएका छन् ।

चलचित्रमा कोशिश क्षेत्री, नम्रता श्रेष्ठ, माला लिम्बु, जेबिका कार्की मुख्य भूमिकामा छन् । यस चलचित्रलाई सुवास गिरी र निकिता पौडेलले निमौण गर्दैछन् । चलचित्र आउँदो २५ गतेबाट प्रदर्शन हुने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!