शाहरुख खानलाई हेर्न जाँदा भिडमा च्यापिएर एकको मृत्यु (तस्बिरसहित)

Posted on: 24 Jan, 2017


माघ, काठमाडौं । बलिउडका स्टार शाहरुख खान भन्ने बित्तिकै सायदै उनलाई मन नपराउने कमै होलान् । उनी जहाँ जहाँ पुग्छन् त्यहाँ उनका फ्यानहरुको यति ओईरो लाग्छ कि नियन्त्रण गर्नै सकिदैन ।

यस्तै शाहरुखखान पछिल्लो समय उनको चलचित्र ‘रईस’को प्रमोशनमा दौडिरहेका छन् । यसैबिच बिभिन्न ठाउँमा प्रमोशनका लागी हिडिरहँदा उनका फ्यानहरु पनि उनलाई हेर्न तछाडमछाड नै गरेका हुन्छन् ।

सोमबार शाहरुख मुम्बाईबाट दिल्लीतर्फको प्रमोशनका लागी ट्रेनमा गएका थिए । ट्रेन बडोदरा स्टेशनको प्लेटर्फम नम्बर ६ मा १० मिनेट मात्र रोकिएको थियो । त्यहाँ शाहरुख खान छन् भन्ने थाहा भएपछि फ्यानहरुको भिड लाग्यो त्यहि भिडिमा च्यापिएको एकजना ज्यान समेत गुमाउनु पर्यो ।


फ्यानहरुले ट्रेनको शिसा ढकढक्याउन थालेपछि प्रहरीले लाठीचार्ज गरेको थियो र रेल अघि बढ्नै लाग्दा भिडमा भागदौड मच्चिए पछि यहि भागदौडमा एकजना फ्यानले ज्यान गुमाएका हुन् । साथै भिड नियन्त्रण गर्दा दुई प्रहरी सहित चार जना बेहोस समेत भए । -एजेन्सीको सहयोगमा  

यस बिषयमा तपाइको प्रतिक्रिया...!