ज्योति मगर अभिनित 'पैसा खर्च भो' को भिडियो शुक्रबार सार्बजनिक हुँदै

Posted on: 26 Jan, 2017


माघ काठमाडौँ । पैसालाई कसरी मानिसहरु प्रयोग गर्छन् र माया प्रेममा पैसाको कत्तिको भुमिका रहन्छ ? भन्ने कुरालाइ समेट्न खोजिएको लोक दोहोरी गित पैसा खर्च भो को भिडियो भोलि शुक्रबार रिलिज हुँदैछ ।

पूर्व रेडियो कपुरकोटकर्मीहरु तुलसि विवश केसी र झुमा डागीको स्वरमा रहेको गितको भिडियो युट्युव मार्फत सार्वजनीक गर्न लागीएको हो । यो गीत दांङ पवननगर– १ मा जन्मिएका एच. बि. केसी (इतिहास)को पहिलो प्रस्तुती हो ।

अडियो गीतले राम्रै चर्चा कमाइरहेको बेला भिडियोले पनि बजार तताउने इतीहाँसको अपेक्षा छ ।

रिलिजका लागी तयार रहेको भिडियोमा अहिलेका चर्चित निर्देशक तथा मोडल शिबम पोख्रेल, अहिलेको चर्चित गाईका तथा मोडल ज्योती मगर लगायत एक दर्जन बढी कलाकारले अभिनय गरेको गायक तुलसि विवस केसीले जनाएका छन् ।  भेरी गङ्गा म्युजिक कम्पनीले यस गितको बजार व्यवस्थापन गर्दैछ ।  

शिबम पोख्रेलको निर्देसन र अजय रेग्मीले छायांकन गरेको मयुजिक भिडियोको सम्पादन   अधिनायक मान सिङ सेरचनले गरेको जनाइएको छ । प्रस्तुति: शंकर के सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!