जनबादी गायक झन्कारले गाए लोक गीत 'घर्ती गाउँको बाटो झरेर' (भिडियोसहित)

Posted on: 26 Jan, 2017


माघ, काठमाडौँ । ससस्त्र द्वन्दमा ठुलो त्याग र बलिदान गरेका सामना सास्कृतिक परिवारमा लामो समय बिताएका रोल्पाली जनगायक झन्कार बुढा मगरको नयाँ लोक गीत बजारमा सार्बजनिक भएको छ । 

यति बेला जनयुद्धको उदमम स्थल मानिने रोल्पा र रुकुम जिल्लाहरुलाइ अधार बनाएर एउटा गीत बजारमा आएको छ । 'घर्ती गाउको बाटो झरेर' बोलको यो गीतमा स्वर झन्कार बुढा मगर कमला घर्ति मगरले दिएका छन् भने लय सब्द पनि झन्कार बुढा मगरले नै गरेका छन्  ।  

सो गीतमा परिकल्पना चाही कर्ण बिद्रोहीको रहेको छ । उक्त गीतको भिडियोको छ्याङ्कन रोल्पाको बिभिन्न ठाउँमा गरिएको छ ।  म्युजिक भिडियोको निर्देशन भने बिरेन्द्र ओलि रहेको छ । यस्तै बासु बरालको छ्याङ्कन र दिपक बिष्टको सम्पादन रहेको छ । गीतमा लक्ष्मन केसी र भाबना मगरको अभिनय रहेको छ ।

भिडियो हेर्नुस ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!