‘दिलमा पनी’को म्युजिक भिडियो सार्वजनिक

Posted on: 27 Jan, 2017


माघ १४, मोरङ । गायक तेजकुमार खवासको आवाजमा रहेको गीत ‘दिलमा पनी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

गीतमा शब्द,संगीत पनि गायक स्वयमको रहेको छ ।

सुजित बिश्वासले निर्देशन गरेकोे ‘दिलमा पनी प्रतिक श्रेष्ठ र उषा कार्कीको रोमान्स रहेको छ । भिडियोलाई पुर्वको विभिन्न रमणीय स्थलहरुमा छायाङ्कन गरीएको हो । भिडियोमा प्रेम जोडीहरुको माया मोहलाई प्रस्तुत गरीएको छ । 

सुमन निरौलाले छायाङ्कन गरेको यो भिडियोलाई सुनिल श्रेष्ठले सम्पादन गरेका हुन् । गायक खवासको यस अघि बजारमा आएको ‘चुलबुले कान्छी’ले राम्रो चर्चा पाएको थियो । उनको आवाजमा रहेका दर्जनौ गीतहरु बजारमा आइसेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!