चलचित्र 'थ्रि मंकिज' आजबाट हलहलमा लाग्दै, पहिलो शोमै उल्लेखनिय दर्शक

Posted on: 03 Feb, 2017

माघ, काठमाडौं । चलचित्र थ्रि मंकिज आज शुक्रबार बाट देशभरीका हलहरुमा लागिरहेको छ । आज माघ २१ गतेबाट चलचित्र नेपालभरीका करिब ६० भन्दा बढी हलहरुमा एकैसाथ चलिरहेको चलचित्र युनिटले जानकारी दिएको छ ।


यस अघि माघ २८ गतेबाट चल्ने भनिएको यस चलचित्रको रिलिज मिति एकसाता अघि नै सारी २१ गते बनाइएको हो । चलचित्रको पहिलो शो सुरु भइसकेको र दर्शकको उल्लेखनिय मात्रामा उपस्थिती रहेको चलचित्रका निर्माता निरेन श्रेष्ठले आर्टिस्ट खबरलाई जानकारी दिएका छन् । हामीले सोचे अनुरुपनै दर्शकहरु हलमा आउनुभएको छ । अन्य चलचित्रको तुलनामा थ्रि मंकिजमा दर्शकहरु आउनुभएको छ, खुसी लागेको छ, निरेनले भने । 

मुख्यतः तिनपात्रको मुख्य भुमिका रहेको यस चलचित्र हिमाल, पहाड र तराई प्रदेशको बिभाजनको बिषयलाई कमेडी तरीकाबाट कथामा उतारीएको निर्देशक भाइराम श्रेष्ठले बताए । नेपालको तिनै प्रदेशमा गएर छायांकन गरीएको यस चलचित्रमा रेशम फरिरि, सरोज केसी, दिलिप तामांगको साथमा नवनायिका सरिना बयलकोटीको मुख्य भुमिका रहेको छ । चलचित्रको कथा सरोज केसीले लेखेका हुन् ।

Trailer:


यस बिषयमा तपाइको प्रतिक्रिया...!