​राजेश हमालले भने- 'मेरो जस्तै कपाल रहेछ,‘हामी तिनभाई’ फिल्म बनाउ'

Posted on: 07 Feb, 2017


माघ, काठमाडौं । नायक राजेश हमालले अभिनय गरेको हामी तिन भाई चलचित्रलाई थुप्रै दर्शकले मन पराए । 

उक्त चलचित्रमा अभिनय गरीसकेपछि उनलाई दर्शक माझ चिनिनका लागी अझ धेरै सजिलो भयो । अहिलेसम्म तिनसय वटा चलचित्रमा अभिनय गरीसकेका राजेश सोमबार नुवाकोटको चारघरे ५, बाँझोबारीमा राद्राक्ष युवा क्लबले निर्माण गरेको रुद्रकाली देवी मन्दिरको समुद्घाटन तथा क्लब भवनको शिलान्यास गर्न पुगेका थिए । त्यसै समयमा आफ्नै जस्तै कपाल भएका दुई युवालाई देखेपछि उनले फेरी ‘हामी तिन भाइर्’ चलचित्र बनाउने इच्छा राखे ।

बिहान १० बजे शुरु हुने भनिएको कार्यक्रम शुरु हुँदा करिब २ बज्न लागिसकेको थियो । बिशिष्ठ अतिथिको रुपमा सो कार्यक्रममा पुगेका राजेशलाई स्थानियले फुलमालाले भब्य तरिकाले स्वागत गरे । साथै राजेश सँगै बिशिष्ठ अतिथिमा निर्माता तथा निर्देशक तुलसी घिमिरे पनि सँगै थिए ।


 कार्यक्रम उद्घोषिका शोभा त्रिपाठीले जब अब आउँदै हुनुहुन्छ राजेश हमाल भनेर बोल्नका लागी अगाडि बोलाइन् उपस्थित दर्शकहरुमा ठुलो उत्साह देखिन्थ्यो । राजेशले आँफुलाई मन्दिर जस्तो पवित्र भवनको समुद्घाटनमा बोलाइदिनुभएकोमा धेरै धेरै धन्यवाद भन्दै केहि रमाइलो कुरापनि गरे । 

क्लबकै अध्यक्ष र अर्का पदाधिकारीलाई अगाडि बोलाएर आफ्नो जस्तै कपाल भएको भन्दै अब फेरी हामी तिन भाई चलचित्र बनाउनु पर्ला भन्दै हँसाए । गाउँमा यतिठुलो पुण्यकमाउने काम गर्ने युवाहरुसँग मिलेर चलचित्र बनाउन पर्लाजस्तो छ भन्दै उपस्थित स्थानिय दर्शकलाई मज्जैले हँसाएका थिए ।

 कार्यक्रममा अन्य थुप्रै गायक गायिकाहरुको पनि उपस्थिती थियो भने मिलन फिल्मस् प्रा.ली.ले नृत्य प्रस्तुती पनि गरेको थियो । तस्बिरः गोपिकृष्ण चापागाई/साझा सबाल 


यस बिषयमा तपाइको प्रतिक्रिया...!