धनाडीको 'भेटाई देउन मेरी मायालु' सार्वजनिक (भिडियोसहित)

Posted on: 14 Feb, 2017

दिनेश ठकुल्ला/फागुन ३, धनगढी । सञ्चारकर्मी तथा लोक दोहोरी गायक राजा राजेन्द्र धनाडीको दोस्रो लोक दोहोरी एल्बम भेटाई देउन मेरी मायालुको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कुसुम रेकर्डिङ स्टुडियो अत्तरियाबाट रेकर्ड भएको प्रेम बियोगमा आधारित उक्त भिडियोलाई बसन्त फिल्मस प्रा. लि काठमान्डौले बजारमा ल्याएको हो ।

गीतमा पछिल्लो समसमा गीतसगितको क्षेत्रमा आफनो छुटटै पहिचान बनाउन सफल गायक धनाडीको आफने लय,  शब्द ताथ स्वर रहेको छ भने निर्मला खडायतले धनाडीलाई साथ दिएकी छन । चर्चित मोडेल सुरज रावल र सरगम श्रेष्ठको अभिनय उक्त म्यूजिक भिडियोमा देख्न पाईन्छ । 

सुदूरपश्चिमको विकट पहाडी जिल्ला बैतडीको तल्लोस्वराड उदयदेव गाबिसमा जन्मनुभएका गायक राजेन्द्र बिगत २ बर्ष देखी धनगढी स्थित रेडियो सुदूर सन्देशमा कार्यरत छन । सञ्चारकर्मी मात्र नभई गीत सगितको क्षेत्रमा उहाले छुटटै पहिचान बनाई सकेका छन । उहाले यस अघि मेरै दिलमा छौ नामक लोक दोहोरी गीत बजारमा ल्याइसक्नु भएको छ । सफल कलाकार बन्नका लागि सबैखालका गीत गाउनु पर्छ भन्ने मान्यता उहाको छ । 

उहाका अरु चोटै चोटको जिन्दगी, मरे पछी बोल्न पाउदैन, बाह्रखरी जस्ता लोक दोहोरी गीत बजारमा आउने क्रममा रहेका छन ।  केही समयपछि चर्चित तथा ज्योति मगरको सथमा नया गित  बजारमा ल्योन तयारीमा धनाडी छन । सानै देखी गीत संगितमा रुची राख्ने र गीत गाउने धोको राख्ने धनाडी अहिले सवैको मन जित्न सफ ल छन । 

 गीत संगित तिर लागेर बाँच्न कठिन भएपनि समस्या, चुनौतिलाई सामना गर्दै अगाडी बढे सफल बन्न सकिन्छ भन्ने उहाको धारणा छ । कलाकर्मी एकिकृत भएर नेपाली गीतसंगीतको लागि लडन सके कलाकारको भविष्य उज्वल उहा देख्छन ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!