बर्दियाकी चेली मिस चितवन (भोटका लागि सबैमा आग्रह)

Posted on: 04 Mar, 2017

सास । फागुन २१, बर्दिया ।

बर्दियाको कालिका गा.वि.स. बडा नं. ३ मा जन्मिएर नर्सिङ विषयको अध्यन सकेर चितवन सामुदायिक अस्पतालमा कार्यरत अस्मिता ज्ञवाली, २१ मिस चितवन २०१७ मा छनोटमा पर्नुभएको छ ।


सालिमार सिमेन्टले प्रायोजन गरेको चितवन सुन्दरीमा छनोट भएपछि वहाँले आफूलाई अझै अगाडि बढ्नका लागि सबैको सहयोगको अपेक्षा गर्नुभएको छ । यसका लागि मिस चितवनको छोटो रुप  MC  र स्पेस लेखी  10  लेखेर 33001 मा भोट गरिदिनका लागि वहाँले आग्रह गर्नुभएको हो । अर्थात  (MC 10 Send to 33001) 

आउँदो चैत्र १३ गते अन्ति नतिजा घोषणा गरिने कार्यक्रम रहेको र मिस चितवन हुनेलाई स्कुटर लगायतका पुरस्कारहरु रहेको बताइएको छ । साथै मिस चितवनलाई मिस नेपालमा सहभागिताको अवसरका साथै अन्य धेरै अवसरहरु प्राप्त हुनेछ । चितवनको सामुदायिक अस्पतालमा विरामीहरुको सेवामा अनवरत रुपमा जुट्दै आउनुभएकी बर्दियाली चेली अस्मिता ज्ञवालीको लक्ष्य भने सफल महिला बन्नु रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!