हिमाल मगरले ल्याए पोखराको गल्लिमा क्या राम्री डल्ली (भिडियोसहित)

Posted on: 10 Mar, 2017


फागुन, काठमाडौं । आधुनिक गित 'म त तिम्रो दिल भित्र' को गायन सँगै सांगीतिक दुनियाँमा देखा परेका गायक हिमाल मगरको नयाँ आधुनिक गितको भिडियो बजारमा आएको छ । 

हिमालले 'पोखराको गल्लिमा क्या राम्री डल्ली' बोलको गीत बजारमा ल्याएका हुन् । गीतमो शब्द संगीतपनि हिमालकै रहेको छ । भिडियोमा रत्ना मगर र प्रकाश मगरको अभिनय रहेको छ भने भिडियोलाई मिलन कार्कीले निर्देशन गरेका हुन् ।

पोखराको रहनसहन लाई समेटेर तयार पारिएको यस गितलाई परेली फिल्मस् प्रालि ले प्रायोजन गरेको छ । यसभन्दा अघि पनि गायक हिमालका आधादर्जन गीत हरु बजारमा आईसकेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!