कञ्चनपुर लगायत तराइमा आज पनि होलिको रौनक

Posted on: 13 Mar, 2017


सुरेश भट्ट/फागुन ३०, कञ्चनपुर । पहाडि जिल्लामा हिजो सम्म मात्र खेलिएको होलि कञ्चनपुर लगायत तराइमा  भने आजपनि होलिको रौनक छाएको छ ।

रंगहरुको पर्व होली कैलाली कञ्चनपुर लगायत तराईका अन्य जिल्लाहरुमा पनी मनाइृदै छ ।

होलि खेल्दा प्राय गरेर भगवान श्रीकृष्ण, राम  तथा पाण्डवका गाथा गाउने चलन छ ।

होलि पर्व पुरानो परम्परा र यसले टाढा टाढा छरिएर रहेका दाजु भाई तथा दिदि बहिनी तथा साथी संगीहरुलाई एकसाथ जमघट हुने अवसर प्रदान गर्दछ ।

दैत्यराज हिरण्यकश्यपले आफ्ना पुत्र प्रल्हादलाइ जो भगवान बिष्णु का ठुला भक्त थिए उनलाइ मार्ने उदेश्यले आगोलाइ छुन सक्ने बरदान पाएकि बहिनी होलिकालाइ छोरा सहित आगोमा पस्न लगाउदा होलिका भष्म भएकी र प्रल्हाद बाच्न सफल भएको खुशियालीमा होलि मनाउने स्थानियको भनाइ छ ।

शुक्ल एकादसी बाट सुरु भएको होली पर्व फागु पुर्णिमा दिन दहन गरी समापन गर्ने गरीन्छ ।

यो पर्व भगवान श्रीकृष्णको पाला दखिनै चलिआएको जनविश्वास छ र यसले समाजमा आत्मियता वढाउने भएकाले यस पर्वको महत्व झनै बढेको देखिन्छ ।

पहाडि जिल्ला हरुमा हर्षो उल्लासका साथ होलि पर्व मनाएता पनि यसपालि तराइमा भने कञ्चनपुर र सप्तरी का घटनाका कारण अरु वर्ष भन्दा यस वर्ष को होलिमा सर्वसाधारण हरुले केहि खल्लो महसुस गरेका छन् ।

पछिल्लो समय होलिमा देखिन थालेका विकृति विसंगती भने अन्त्य गर्नु जरुरी भईसकेको छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!