एचबी कार्की र स्वेता चापागाईकाे 'जन्ती मलामी' गीत सार्बजनिक (भिडियाेसहित)

Posted on: 24 Mar, 2017

काठमाडौं । रामेछाप जिल्लाको डडुवा गाविसमा जन्मिएका हरी बहादुर कार्की अर्थात एच.वि.कार्की (बिन्दास) नेपाली लाेक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा पछिल्लो समय चर्चामा अाउन थालेका छन् ।

वि.स.२०६८ सालबाट साङ्गितिक यात्रा सूरू गरेका कार्कीले लय,शब्द,स्वर भर्दै अभिनय र निर्देशनसम्म गरेर दर्जनाै नेपाली दाेहाेरी गीतसंगीतको बजारमा ल्याइसकेका छन् । पछिल्लो समय निकै मर्म स्पर्शी गीत जन्ती मलामी नाम राखिएकाे गीतको भिडियो सार्वजनिक भएकाे छ ।

जन्ती मलामी गीतमा कार्की र गायिका स्वेता चापागाईकाे स्वर रहेकाे छ भने स्वेता चापागाईंकाे शब्द र एच वि कार्कीकाे लय रहेकाे छ । आशिक राईले निर्देशन गरेकाे साे भिडियाेमा अशोक के. सी. ,बसन्ती भाट र धिरज आर.डी को अभिनय रहेको गायक कार्की साझासबाललाई जानकारी दिए ।

कामना डिजिटल प्रा.लि.ले बजारमा ल्याएको साे म्युजिक भिडियोमा बिक्रम कार्कीको छायांकन र रमित ओलीको सम्पादन रहेको छ। हाम्रो चोखो मायाको कहानीबाट चर्चा बटुलेका गायक एच् वि कार्की (बिन्दास)को अझै गीत बजारमा अाउन लागेकाे जानकारी दिएका छन् ।


उनका अनुसार १६/१७ उमेरकाे झड्का, रामेछापकाे ठिटाे, टुक्रिएकाे दुई मुटु जस्ता गीत छिट्टै बजारमा अाउने तयारी रहेकाे उनले बताए । दर्शक र श्राेताकाे मायाले गीत संगीतमा अझ उत्साह थपिएकाेले गीत अाउने क्रम बढेकाे बताउदै याे एल्बम पछि पनि प्रतिक्रिया जनाउन उनले अाग्रह गरेका छन् जन्ति मलामीमा गीतमा निकै मार्मिक शब्द रहेका छन ।

एच् वि : चाेखाेमाया गयाे हाम्राे खेर लगिर दैव मेराे मुटु चुडेर ! चाेखाे माया भयाे खरानी, कसाे गरि छुटाउन सक्याै दैव काेहीलाई जन्ती काेहीलाई मलामी !!

स्वेता : पुग्नु पहिले स्वर्गकाे भर्तीमा मायाकाे फूल फुलाउथ्याैँ धर्तीमा चाेखाे माया भयाे खरानी, कसाे गरि छुटाउन सक्याै दैव काेहीलाई जन्ती काेहीलाई मलामी !! प्रस्तुति: प्रज्वल पाैडेल

 भिडियाे हेर्नुहोस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!