एमडीसि युएसए २०१७ नृत्य प्रतियोगिताको भब्य तयारी, नायक दिलिप रायमाझी निर्णायक

Posted on: 08 Apr, 2017


वाशिंगटन डिसी lअमेरिकामा गत बर्ष देखि संचालनमा आएको मेरो डान्स कप युएसए २०१७ नामक प्रतियोगिता यस बर्ष पनि हुने भएको छ l एमडीसी नाम बाट लोकप्रिय भएको उक्त कार्यक्रम आगामी अप्रिल २८, २०१७ देखि प्रारम्भ हुने छ l 

गत बर्ष अपार सफलताको साथ सम्पन्न भएको उक्त प्रतियोगिताको शृंखला को अडिसन (प्रस्तुति परीक्षण ) अनलाइन(बिधुतिय )बाट अप्रिल २८ तारिखमा पहिलो शृंखला हुने भएको छ l यसै गरि शृंखला ६ देखि मतदान/प्रत्यक्ष चरण जुलाई ८ तारिख देखि हुने छ l गत अप्रिल २ तारिख देखि आवेदन फाराम भर्ने समय समाप्त भएको छ l 

अप्रिल २८ देखि प्रारम्भ भै अन्तिम समापन (ग्रान्ड फिनाले ) अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुने भएको जानकारी एमडिसी का कार्यकारी निर्देशक मणि राईले दिएका छन् l 

एमडीसि युएसए कप एजे स्टुडियोको एउटा बार्षिक रुपमा संचालनमा रहेको सामुदायिक कार्यक्रम हो l अमेरिकामा रहेका नेपालीहरुको पहलमा आयोजना हुने मेरो डान्स कप युएसए अमेरिका भरका प्रतिभाशाली नृत्यांगना (डान्सर )हरुले अवसर पाउने एक बृहत नृत्य प्रतियोगिता हो l 


अमेरिका राष्ट्र भर बिभिन्न राज्यमा छरिएर रहेका किशोर /किशोरी ,युवायुवती, नव प्रतिभा तथा कलाकारका आफु भित्र लुकेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्दै मंच उपलब्ध गराउनु समेत संस्थाको मुख्य उदेश्य आयोजकले बताएका छन् l 

अप्रिल २८ मा पहिलो अडिसन ((प्रस्तुति परीक्षण )पछि मे ५ तारिखमा सहभागी मध्ये बाट उत्कृष्ट ४० जना छनौट हुने छन् l जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदान द्वारा छनौट हुने छन् भने अगस्त १२ तारिखमा प्रथम देखि पाचौ स्थान सम्म बिजेताको घोषणा गरिने छ l 

मेरो नृत्य कप युएसए को प्रमुख लक्ष्य विविध समुदायमा रहेको हाम्रो समृद्ध सांस्कृतिक,परम्परागत कला, मनोरंजन, संस्कृति तथा मनोरंजनको क्षेत्रमा रहेका प्रतिभाशाली शीपलाई जगेर्ना तथा संरक्षणको साथै प्रचार प्रसार गर्नु रहेको छ l 

एमडीसी समुहले समर्थक,शुभ चिन्तक,श्रोता ,दर्शक तथा सबैलाई साथ दिन आग्रह गरेको छ l दर्शक तथा श्रोतालाई मतदान गर्न सरल होस् भनि एमडीसी एप (अनुप्रयोग )छिट्टै आउने तयारीमा छ l 

प्रतिस्प्रद्धिका सामग्रीलाई युट्युबमा राखिनु को साथै संचार माध्यम मार्फत प्रचार प्रसार गरिने छ  l एमडीसि युएसए २०१७ नृत्य प्रतियोगिताको लागि निर्णायकहरुमा नेपाली चलचित्रका नायक दिलिप रायमाझी ,डीबी गुरुङ तथा मंजु भुजेल रहने छन् l गत बर्ष २०१६ मा पुर्नी राई विजेता बनेकी थिइन् l प्रस्तुति: विजय थापा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!