चलचित्र “झमक बहादुर” बन्ने

Posted on: 15 Apr, 2017


बैशाख, काठमाडौं । नयाँ बर्षको अवस पारेर नयाँ  चलचित्र “झमक बहादुर” निर्माणको घोषणा भएको छ । 

राजधानीमा शुक्रवार आयोजित एक कार्यक्रम बीच नया बर्षको शुभकामना सहित चलचित्रको निर्माणको घोषणा गरिएको हो ।  यू.बि फिल्म्सको दोस्रो प्रस्तुति रहेको चलचित्रमा अनुप विक्रम शाही, मीन कुमार तामाङ, कुमार तामाङ, यादव प्रसाद देवकोटा, सुजता थापा, कल्याण अधिकारी, नियोना गुरुङ, राजु कमेडी, प्रविन श्रेष्ठ र बाल कलाकारको रुपमा सुमिना दाहालको मुख्य अभिनय रहने छ । 

यस्तै चलचित्रमा ओम सुनुवारको संगीत, राजु राई किरातीको द्वन्द र अनिल कुमार महर्जनको सम्पादन समावेश रहेको छ । यस्तै चलचित्रमा तारा देवी गुरुङ , आर्जन खड्का र जेनी रेग्मीको लगानी रहने छ । निर्माण पक्षेले दिएको जानकारी अनुसार चलचित्रको छायांकन काठमाडौँ र पोखरामा हुनेछ ।

चलचित्रको निर्देशन भने भोमन कटुवालले गर्नेछन् । उनले भने, “झमक बहादुर” एउटा कमेडी बेस चलचित्र हो । यसमा कमेडी , एक्शन र रोमान्स सबैको मिश्रण हुनेछ ।’ 

चलचित्रमा धनि र गरिब बिचको द्वन्द र बिकृतिलाई हाँस्य शैलीमा प्रस्तुत गरिने उनले कटुवालले जानकारी दिए । उने चलचित्रको कथा वस्तुसँगै प्रस्तुति अनि गीत–संगीत निकै मजबुत  रहेको हरेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!