बद्रीको 'मै पनि एमाले' गीत चर्चामा, लगातार युट्युव ट्रेडिंग १ मै (भिडियोसहित)

Posted on: 28 Apr, 2017


बैशाख, काठमाडौं । पछिल्लो समय चुनावी माहोलले नेपाली आर्टिस्टहरुलाई पनि छोएको छ । 

कतिपय आर्टिस्ट चुनावमै उठ्ने तरखरमा छन् भने कतिपयले आफ्नो पार्टिका उम्मेदवारहरुलाई सहयोगका लागी भोट माग्न थालिसकेका छन् । 

यसैबिच गायक बद्री पंगेनीले पनि चुनावी प्रचारप्रसारका लागी एक गीत गाएका छन् । बद्रीको स्वरमा रहेको 'मै पनि एमाले' बोलको एमाले पार्टिको प्रसारप्रचारका लागी बनाइएको गीत यतिखेर चर्चामा छ । युट्युवमा अपलोड गरिएको आज तिन दिन हुँदा  यो गीत लगातार युट्युव ट्रेडिंग नम्बर १ मै आइरहेको छ । 

सबैलाई एमालेमै भोट हालौं भन्दै बनाइएको उक्त गीतमा बद्रीको साथमा प्रिया भण्डारीको स्वर रहेको छ । एमाले पार्टिलाई समर्थन गर्दै आएका गायक बद्री पंगेनीले यो भन्दा अघि पनि एमालेका गीत गाउँदै आएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!