बहिनीलाई सघाउन भारतबाट विपना थापा

Posted on: 08 May, 2017


वैशाख २५, काठमाडौं । अरु बेला माइती देश आउन चाडबाड र पारिवारिक जमघट पर्खिनुपर्थ्यो। तर यसपटक निर्वाचनले नायिका विपना थापालाई भारतको मथुराबाट नेपाल तानेको छ ।

विपना शनिबार नारायण नगरपालिकामा कांग्रेसका पक्षमा चुनाव प्रचार प्रसार गर्ने क्रममा देखिइन् । उनले भनिन्, ‘हाम्रो परिवार नै राजनीतिक हो । म जन आन्दोदनमा लागेकी कलाकार हुँ । त्यो बेला शाही परिवारबाट धम्की आउँदा पनि विचलित भइनँ ।’

उनका हजुरबुबा २०१५ को आम निर्वाचनमा काठकाडौंका सांसद भएका थिए । बुबा ओमविक्रम थापा पञ्चायत कालमा पटक पटक प्रधानपन्च भए । यस पटक ३६ बर्षीय बहिनी वासना थापा दैलेखको नारायण नगरपालिकामा उपमेयर उठेकी छन् । विपनाले बहिनीको लागि भोट माग्ने बताइन् ।   -कान्तिपुर दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!