अर्चना पनेरु जस्तो थर्डक्लासलाई फिल्ममा ल्याउने म बेकुब हुँ (भिडियो)

Posted on: 11 May, 2017


बैशाख २८, काठमाडौँ | राजु गिरी सामान्यत रोमान्टिक चलचित्र निर्देशन गर्छन् । उनका हरेक चलचित्र ग्ल्यामरका कारण चर्चा र विवादमा आइरहेका हुन्छन् । राजुका बिन्दास लाइफ र शिवम चलचित्र प्रर्दशनको पर्खाइमा छन् । बिन्दासमा सुष्मा कार्कीलाई ग्ल्यामर रुपमा प्रस्तुत गरेका राजुले बिन्दास २ मा शुभेच्छा थापालाई प्रस्तुत गरेका थिए । यस्तै बिन्दास लाइफमा भने उनले नयाँ नायिका सपना लामिछानेलाई प्रस्तुत गर्दैछन् । त्यसो त राजु निकै विवादमा पनि आइरहन्छन् । चलचित्र जीस्म निर्माणका क्रममा उनको चर्चा र विवाद निकै बढेको थियो । त्यहि विषयलाई लिएर उनले २५ दिनको छायाँकन आफुलाई २५ वर्ष झैँ लागेको प्रतिक्रिया दिएका छन् । सन्नी लियोनजस्तै बन्छु भन्दै चर्चामा आएकी अर्चना पनेरुलाई लिएर चलचित्र निर्माण गर्न तम्सीका उनले थुप्रै हण्डर खाए । चलचित्रले खासै राम्रो व्यापार गर्न सकेन । अर्चना पनेरुले जीस्म प्रर्दशन आउनु अगाडि नै छेस्कोमा अभिनय गरेपछि उनी आक्रोशित भएका थिए । उनको अक्रोश अहिलेसम्म पनि मरेको छैन । उनले हामीसँगको अन्र्तवार्तामा अर्चनालाई सन्नी लियोनजस्तै चलचित्र क्षेत्रमा सम्मानित नायिका बनाउन खोजेको तर उनलाई त्यो नपचेको अभिव्यक्ति दिएका छन् । अर्चनालाई बेवकुफको संज्ञा दिँदै उनले अहिले रेष्टुरेन्टमा धन्दा गरेर बस्नु परेको बताएका छन् । हेर्नुहोस् भिडियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!