रामकृष्णको स्वर र आलोक श्रीको संगीतमा सरु भट्टराईको ‘बाध्यता’सार्वजनिक (भिडियोमा)

Posted on: 28 May, 2017


जेठ १४, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर, आलोक श्रीको संगीत र सरु भट्टराइको शब्द रहेका सांगीतिक एल्बम ‘बाध्यता’ सार्वजनिक भएको छ ।

गीतकार सरु भट्टराई अम्गाईको पहिलो प्रस्तुतीका रुपमा आएको बाध्यता एल्बमको ‘बाध्यता छ एकातिर रहर भित्र तिमी’ गीतको म्युजिक भिडियो पनि युट्युबमार्फत सार्वजानिक गरिएको छ ।

राजेश ढकालले छायांकन गरेको म्युजिक भिडियोमा गायक रामकृष्ण ढकाललाई नै देख्न सकिन्छ । गीत रेकर्डिङ गर्दा–गर्दैको अवस्थालाई भिडियोमा आकर्षक तरिकाले देखाइएको छ । 

जेठ १० गते युटुवमा सार्वजनिक गरिएको उनको नयाँ गितले प्रेम वियोगको गहिरो भाव बोकेको छ ।

दशौं वर्षदेखि संगीत क्षेत्रमा लागिपरेका ढकालका फ्यानहरुलाई ‘बाध्यता’ एल्बम उपहार सिद्ध हुने देखिन्छन् । परिचित गायक ढकालले गीतका शब्दहरुलाइ न्याय दिएका छन् ।

भिडियोमा हेर्नुहोस्


यस बिषयमा तपाइको प्रतिक्रिया...!