दीपा र लोकेन्द्रको ‘रारा ताल’ लोकप्रिय (भिडियोसहित)

Posted on: 19 Jun, 2017


चर्चित डेउडा गायक लोकेन्द्र बहादुर चन्द र नव गायिका दिपा ओझाको डेउडा गीत ‘रारा ताल’ लोकप्रिय बन्द्र बनेको छ ।

प्रेमि र प्रेमिकाको विछोड सम्बन्धि मर्मस्प्रसि शब्द भरिएकाले उक्त गीत युवा पुस्तामा लोकप्रिय बनेको हो ।

गायक लोकेन्द्र बहादुर चन्दको शब्दमा रचित उक्त गितमा चन्द र ओझा दुवैले स्वर भरेका छन् ।

आफ्नो प्रेमी तथा प्रेमीकामाथिको कार्यकारी अधिकारबाट बन्चित हुनुपरेपछि उक्त कुरालाई स्यूकार गर्दै एक आफसमा बिदाई गरेको भावुक शब्दहरु गितभित्र छन् ।

हालसालै उक्त डेउडा गितको भिडियो पनि सार्वजनिक गरिएको छ ।

कर्म बुढा, प्रकाश पाण्डेय, सरगम तमांग र डिम्पल चन्दले लगतयतका कलाकारहरुले मोडलिङ् गरेको उक्त म्यूजिक भिडियोलाई कोसेली म्यूजिकले बजार व्यवस्थापन गरेको थियो ।

यस गितमा स्वर भरेका गायक लोकेन्द्र बहादुर चन्दले थुप्रै लोक डेउडा तथा दोहोरी गितहरु गाई सकेका छन् । भने गायीका दिपा ओझा पनि सांगितिक क्षत्रमा लोकप्रिय बन्दै गएकी छिन् ।

गित सुनेर तथा यूटुबमा हेरेर प्रतिक्रिया दिन गायिका ओझाले आम श्रोता तथा दर्शकहरुमा आग्रह गरेकि छिन् । प्रस्तुति: नरी बडु, बैतडी  


यस बिषयमा तपाइको प्रतिक्रिया...!