रुदानेको फष्ट लुक सार्वजनिक

Posted on: 21 Jun, 2017

असार, काठमाडौ । दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसको अवसर पारेर रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र रुदाने विद्रोहको नेपाली नामको फष्ट लुक सार्वजनिक गरिएको छ । 

दावनल क्रियसनले थाहा यात्रा सँगको सहकार्यमा निर्माण गरेको चलचित्रको बुधबार फष्ट लुक सार्वजनिक गरिएको छ ।


रुदाने यसै वर्ष भित्र प्रर्दशनमा ल्याउने गरि अन्तिम चरणको सुटिङ भइरहेको निमार्ण पक्षले जनाएको छ ।

जीवनीमा आधारित चलचित्र कमै मात्र बन्ने नेपालमा आफू रुपचन्द्रको सिष्य भएको र धेरै हिसाबले रुपचन्द्रको जीवन सँग पनि जोडिएकाले यो फिल्म बनाउन तम्सिएको निमार्ता जागृत रायमाझीले बताए ।

फिल्म मार्फत पुरानो पुस्ताले बिर्सिसकेको र नयाँ पुस्ता माझ किंबदन्ति बनेको रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनसँग सम्बन्धित अनेकौ पाटाहरु उजागर गर्ने प्रयास गरिएको निर्देशकहरुले बताए ।

आफू सधै सत्य बोल्ने र ठिक काम मात्र गर्ने रुपचन्द्रको जीवन सबैका लागी उत्प्रेरणाको स्रोत बन्न सकोस् भन्ने नै फिल्म निमार्णको मूल हेतु रहेको रायमाझीले बताए । 

मकवानपुरलाई आफ्नो कर्म भूमि बनाई नेपालमै मौलिक नेपाली दर्शन थाहा जन्माइ जनमुखि राजनीति मार्फत सम्पूृर्ण जीवन जनता जगाउने काममा समर्पित रुपचन्द्र विष्ट नेपालको इतिहासमा कहि कतै पनि दर्ज नभएको नामको रुपमा लिइन्छ ।

२०४० को  दशकमा देशमा लोकप्रियताको शिखरमा रहेको  रुपचन्द्रले प्रतिपादन गरेको थाहा दर्शन आज पनि उत्तिकै सान्दर्भिक रहेको छ ।

चलचित्रमा रुपचन्द्र विष्टको सिङगो जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटिएका छन् ।

रुदाने अमित किसोर सुवेदी  र विकास ढकाललेसंयुक्त लेखन तथा निर्देशन गरेका छन् । दावनल क्रियसनले थाहा यात्रा सँगको सहकार्यमा निर्माण गरेको चलचित्रका  निमार्ता जागृत रायमाझी रहेका छन् । 

रुपचन्द्र विष्टको भूमिकामा दिब्यदेबले अभिनय गरेको चलचित्रमा चलचित्रमा नम्रता श्रेष्ठ, रवि गिरि, सुभाष गजुरेल, अमर सुवेदि लगायतका एक सय भन्दा बढि कलाकारहरुको अभिनय गरेका छ ।

चलचित्रमा वलिउडका सान्ता राओको छायाङकन, निमेष श्रेष्ठको सम्पादन  र जेशन कुँवरको संगित रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!