'छक्का पंजा २' को टिजर रिलिज, अझै सुध्रिएनन् राजा ?

Posted on: 23 Jun, 2017


असार, काठमाडौं । दर्शकहरु माझ निकैनै प्रतिक्षित बनेको चलचित्र 'छक्का पंजा २' को टिजर सार्वजनिक भएको छ ।

दीपाश्री निरौलाको  निर्देशनमा बनेको चलचित्रको टिजरमा दिपकराज गिरी तथा बुद्धि तामाङको संवाद सुन्न सकिन्छ्। टिजरमा बुद्धिले साईली गितको कारण गाउँमा रमाउन नपाएको  बताएपछि राजा बनेका दिपकले भनेका छन् -'त्यो चालिस कटेपछी रमाउन्या हो, त्यो अघि त मैले घुमाउन्या हो' । 

टिजरले यसअघि 'छक्का पंजा'मा विग्रिएका राजाको भुमिकामा रहेका दिपक अझै पनि सुध्रिएको छन या छैनन भन्ने दर्शकहरुमा कौतुहलता थपेको छ।  चलचित्रको टिजर यसअघिनै  हलहरुमा  प्रर्दशन हुँदै आएको भएपनि युट्युबमा भने हालै सार्वजनिक गरिएको हो। 

असोज ११ गते बाट प्रर्दशनमा आउने भनिएको यस चलचित्रमा  दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत ,स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकालको मुख्य भुमिका रहेकोछ ।  

चलचित्रको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपकराज गिरी र दीपाश्री निरौलाको प्रस्तुतीमा तयार भएको चलचित्रमा  विकास आचार्य कार्यकारी निर्माता को रुपमा रहेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!