चलचित्र 'जालो'को प्रचारप्रसार गर्दै अराज केशब कञ्चनपुरमा

Posted on: 18 Jul, 2017


२०७३ मंसिर १५ गतेबाट निर्माण शुरु गरि २०७४ जेठ १५ गते  रिलीज  भएको चलचित्र जालो कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित भिमदत्त बाटिकामा देखाइने भएको छ ।

आफै लेखन तथा निर्देशनमा बनाएको फिल्म जालोको प्रचार प्रसार गर्दै अराज केशब कञ्चनपुर आइपुगेका छन् । यही साउन ७ गते शनिबार बेलुका ६ बजे कञ्चनपुरको स्थानिय पार्कमा एयर स्क्रिनको मद्दत बाट देखाइने चलचित्रलाई दर्शकले हरियो घाँसमा बसेर मज्जाका साथ हेर्न सकन्ने छन् । 

यो फिल्म अरु भन्दा पृथक भएको उनले बताए किनकी चार घण्टा लगातार खिचेर एक सटमा जालो र जालो रिर्टनस दुई भाग बनाएका हुन् । जालो प्रर्दशनमा आइसकेको र जालो रिर्टनस २ प्रर्दशनको लागि तयार भै रहको छ ।  विश्वमै पहिलो पटक यस्तो एक सर्टमा खिचिएको पहिलो फिल्म रहेको र गिनिज बुकमा नाम लेखाउनको लागि पनि पहल गरिएको बताए । 

यसरी एयर स्क्रिनको साहयता बाट देखाइन लागेको नेपालमै पहिलो चलचित्र हो र यसलाई निरन्तरता दिदै सुदूरपश्चिमको महाकाली बाट मेची सम्म प्रर्दशन गर्ने योजना भएको गिरीले बताए । गायकका रुपमा चिर–परिचित केशबले यस भन्दा अगाडि पनि बिर्खेलाई चिन्छस नामक फिल्मको निर्देशन गरेका छन् । प्रस्तुति: भास्कर के.सी, कञ्चनपुर 



यस बिषयमा तपाइको प्रतिक्रिया...!