मिस विश्वकर्मा इन्टरनेशनलको काठमाण्डौ अडिसन सम्पन्न

Posted on: 21 Jul, 2017


साउन, काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्घेश्यले यहि आउदो ८ सेप्टेम्बरमा कतारमा हुन गइरहेको मिस विश्वकर्मा इन्टरनेशनलको काठमाडौं अडिसन सम्पन्न भएको छ । यसअघि पहिलो अडिशन मोरङको पथरी शनिश्चरेमा सम्पन्न भएको थियो । 

काठमाडौं अडिशनबाट जम्मा १५ जना युवती छानिएका छन् । काठमाडौंका जम्मा १८ प्रतियोगी र काठमाडौं बाहिरका अन्य गरी जम्मा ३१ जना बिच भएको प्रतिस्पर्धाबाट १५ युवती छानिएका हुन्  । अब भदौ ३ गते यी मध्ये ५ जना बाहिरिएर अन्तिम प्रतिस्पर्धाका लागी टप १० छानिनेछ । 

मोनाली ईन्टरटेन्मेन्टले आयोजना गरेको मिस विश्वकर्मा इन्टरनेशलको काठमाडौं  अडिसनको निर्णायकमा मिस नेपाल २००५ कि सगारिका केसी, संगीतकार राजु सिंह, कोरियोग्राफर बिजु बहिनी श्रेष्ठ, निर्देशक बिभोर पोख्रेल र मोडल दिवस उप्रेती रहेका थिए । 

काठमाडौंको नेम क्याफेमा गरिएको अडिसन कार्यक्रममा बोल्दै आयोजक संस्थाका अध्यक्ष दिपक बराइलीले मिस बिश्वकर्मा इन्टरनेशनल भब्य र सब्य तरिकाले सम्पन्न हुन गइरहेको बताए । उनले बिश्ककर्मा समुदायका युवतीहरुमा भएको सिप, कलालाई देश भित्र मात्र नभएर देश बाहिर सम्म चिनाउने यस कार्यक्रमको उद्देश्य पनि रहेको प्रष्ट्याए । 

साथै आयोजक टिमबाट स्वगत मन्तब्य दिँदै सरु सुनुवारले नेपालको इतिहासमै पहिलो पटक हुन गहिरहेको मिस विश्वकर्मा इन्टरनेशनलबाट बिश्वकर्मा समुदायका युवतीहरुको सौन्दर्यता सँगै सिप तथा कला देशबाहिरसम्म चिनिन सहयोग पुग्ने बताइन् । साथै यहाँबाट छानिएका युवतीहरुलाई मिस विश्वकर्मा हुँदै भोलीका दिनमा मिस नेपालसम्म पुग्न सहयोग मिल्ने उनको भनाई थियो  ।

मिस विश्वकर्मा इन्टरनेशल को बिजेतालाई टिभिएसको स्कुटर प्रदान गरिने बताइएको छ । प्रतियोगितालाई बिजु श्रेष्ठ, बराह ज्वर्ल्स र आई एम ई ले मुख्य प्रायोजन गरेको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!