रातो साडीमा चन्द्राको मन अल्झिएपछि (भिडियो सहित)

Posted on: 23 Jul, 2017

प्रभात सुवेदी । साउन ८, बर्दिया ।

जितेशले सुर्खेतमा किनिदिएको रातो साडीमा बर्दियाली चन्द्राको मन अल्झेपछि यो जुनीमा तिम्रै हुन पाउँ भनी जितेशकै पछि लागेकी छिन् ।


केही वर्षदेखि राजधानीमा बसेर साङ्गितीक क्षेत्रमा संघर्ष गर्दै आएकी बर्दियाली चेली चन्द्रा पोखरेलले सुर्खेती कलाकार जितेश थापासँगै मिलेर तीजको अवसर पारेर "तिम्रै हुन पाम" तीजको कोशेली ल्याएकी छिन् ।

नरेस एमसी, मिरा राई, अमर विष्टको अभिनय, भागीरथी गाहा मगरको निर्देशन रहेको तीजको भिडियोको सम्पादन तथा छायाङ्कन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् । ह्वाइट मिडिया प्रालिले निर्माण गरेको भिडियोलाई सार्थक डिजिटल म्युजिकको यूट्युव च्यानलबाट बजारमा ल्याएको हो ।

हेर्नुहोस् गीतको भिडियो ...



यस बिषयमा तपाइको प्रतिक्रिया...!