पत्रकारिता र कलाकारिता एक्रै साथ थेग्लान कृष्णबाबु ? (भिडियो)

Posted on: 29 Jul, 2017


प्रेम सुनार/साउन १४, गुल्मी । कसैलाई एक्लै पत्रकारिता वा कलाकारिता थेग्न मुस्कील छ । 

तर मोफसलको राजधानी मानिने वुटवलमा एउटै व्यक्ति कृष्णबाबुले गत केहि वर्ष देखि पत्रकारिता र कलाकारिता दुवैलाई एकै साथ हाँकेका छन् । 

स्थानिय विभिन्न मिडिया र न्युज २४ टेलिभिजनका ब्युरो प्रमुख समेत रहेका कृष्णबाबु बुटवलमा पत्रकार मात्रै भनेर चिनिन्न मोडलका रुपमा समेत चिनिन्छन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरी सकेका कृष्णबाबु यति बेला मौलिक तीजको शव्द संकलन र अभिनय गरेर चर्चामा छन् ।

गत वर्ष भंगेरी चरीलै मैदानमा लरी लरर.. जस्तो पुरानो पश्चिम नेपालको ठेट मौलिक तीज गीत बजारमा ल्याएर चर्चामा आएका कृष्णबाबु यसपाली पनि ‘नक्कल पारी नभने  चल्ती आएको ’ वोलको अर्को मौलिक तीज गीत बजाएरमा ल्याएर चर्चामा छन् । 

एकातिर अखवारका पानामा र टेलिभिजनमा पनि पत्रकारितालाई निरन्तरता दिएका कृष्णबाबु दुवैतिर सफल हुने हुन वा दुई मध्ये एकमा मात्रै दुई भने हेर्न बाँकी छ । 

यसरी दुवै तर्फ व्यस्त कृष्णबाबु भन्छ्न् ‘मैले यी दुवै क्षेत्रको मोह त्याग्न सक्दिँन सफलता असफलता आफ्नो ठाउँमा रहला ।’ उनको उत्कृष्ट शव्द सिर्जनमा चर्चित गायक   खुमन अधिकारी अनि शान्ता परियारको स्वरमा सजिएको नक्कल पा¥यो नभने चल्ती आएको  वोलको तीज गीत यलि वेला हरेक जिस्कीनेहरुको हरेक  सन्धर्वमा प्यारोडी बनेको छ भने युट्युव र चोकचोकमा निकै राम्रो बजार लिएको छ । 

चर्चित डान्सर तथा मोडल  शंकर विसीको निर्देशन रहेको उक्त  गितमा अहिलेकी चर्चित मोडल अन्जली अधिकारी र आफै कृष्णबाबुको अभिनउ रहेको छ । सो गीतलाई बुलबुल मिडीयाले बजारमा लिएर आएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!