पुनर्जीवित भए झलकमान गन्धर्व, 'आमाले सोध्लीन्नी खोई छोरा भन्लीन्' गीतमा आँसु थामिएनन (भिडियो)

Posted on: 29 Jul, 2017


प्रेम सुनार/साउन १४, गुल्मी । हुन त मरेर पनि  दर्शक श्रोता माझ सधै बाँचेका झलकमान गन्धर्वलाई हिजोको एक कार्यक्रममा उनलाई पुन ? जिवित बनाईएको छ । 

उनलाई जिवित बनाएको हुन् नेपाल आईडल एपिशोड २२ , पार्ट ४ का प्रतियोगी सुरज थापाले । हिजो साँझ टेलिभिजनको प्रर्दामा रहने जो कोही मात्र रोएनन् स्वयम सारङ्गी बजाउने र निर्णायक मण्डलेका समेत आँखामा आँशु देख्न सकिन्थ्यो ।

झलकमान गन्धर्वको कालजयी आमाले सोध्लीन्नी खोई छोरा भन्लीन् बोलको गीत सुरुज थापा झलकमान गन्र्धवको दिवगंत आत्माबाटै गायका थिए । उनको गीत सकिए लगत्तै निर्णायक मण्डलको प्रत्येकले भने–‘ स्वर्गिय झलकमान गन्र्धव पुन? जिवित हुने भयो । उहाँको अवतार सुजर थापका रुपमा भएको छ । त्यसै त झलकमानको आमाले सोध्लीननी खोई छोरा भन्लीन् वोलको गीतले नेपाली बोकेको थियो ।

यसले नेपालको ईतिहाँस र मौलिकता बोकेको थियो , जुन गीतलाई झलकमानको आत्मा बनेर सुरज थापालेृ गाउनु भयो, यो लाखौं प्रतिष्पर्धी मध्ये अहिले सम्म कै उत्कृष्ट प्रस्तुती हो । निर्णायक मण्डल मध्येकी चर्चित र वरिष्ठ गायका कोमल वलीले छातीमा हात राखेर भनिन् तपाईको  गीत मात्रै होईन फिलिङ्ग पनि आत्मै वाहिरै सवैले देखिने थियो ।

युवा पुस्तामा हराई सकेको र विभिन्न कारण देखाउँदै कतिपय सञ्चार माध्यमले प्रशारण समेत गर्न छाडेको झलकमान गन्धर्वको गीत सुनेर अहिले पनि जो कोहीको आँखा रसाई रहने गरेको बेला हिजो साँझ सदरमुकाम तम्घासका होटल र पसलमा  सुरज थापको स्वरमा उक्त गीत सुन्नेहरु रोई रहेका थिए ।  गौरवको कुरा, सुरज थापाको स्वरमा सारङ्गी प्रस्तोता थिए उनै स्वर्गिय झलकमान गन्र्धवका नाती धर्म गन्र्धव । 

स्टेजमा निम्ताई पछि गन्धर्वले भने  झलकमान गन्धर्व मेरा वुढामावली अर्थात मेरो आमाको मामा हुनुहुन्छ, म उहाँको नाती हुँ, आज सुरज भाईले उहाँलाई जिवित  बनाउनु भएको छ म गर्वित र हर्षित छु । सुनै, हेरौं  झलकमान गन्र्धवको दिवगंत आत्मा उनै सुरज थापाको उक्त प्रस्तुती....


यस बिषयमा तपाइको प्रतिक्रिया...!