'यो लोटाउनु राँगो'

Posted on: 31 Jul, 2017


विमल धामी/साउन १६, कञ्चनपुर । सुन्दर सुदूरपश्चिम कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी घर भई विगत ५,६ बर्ष देखि रोजगारीका लागि बहराइनमा बस्दै आएका डेउडा साहित्यकार पदम खडकाको लय शब्दमा हास्य डेउडा गित ‘यो लोटाउनु राँगो’ बजारमा आउने बारे अनलाइन पत्रकार सम्मेलन गर्दै जानकारी गराएका छन् । 

कञ्चनपुरको हल्दुखाल जन्मनु भएका युवा साहित्यकार खडकाको बाल्यकाल बेल्डाँडी गाउँपालिका–४ बैवाहमा बिताएका थिए । माध्यमिक शिक्षा रौलेश्वर बाट उतिर्ण गरेका उनले सुपका बिभिन्न एफ एममा १ सय भन्दा बढी डेउडा रचना पठाई सक्नु भएको छ । 

स्थानीय विकास, सुशासन, पार्दशिता, जवाफ देहिता देश बिदेशमा हुने घटनाहरु लार्ई साहित्यिक भाषामा लेखन कार्य गर्दै जनचेतना फैलाउदै आएका खडकाको हास्य डेउडा यो लोटाउनु राँगोलाई अधिकांस नागरिकले खुबै चासो दिएका छन् ।

केहि दिनमा बजारमा आउन लागेको हास्य डेउडा गित ‘यो लोटाउनु राँगो’ मा शब्द संकलन उनकै रहेको छ भने भकल सुर्य बिरही साउदको रहेको छ । महाकाली एफ एमको डोटेली कार्यक्रम हुक्का चिलिम बरिष्ठ डेउडा साहित्यकारका रुपमा २ पटक सम्मान भईसकेका छन् । उनले सुपका सम्पुर्ण लाई यो गित एक पटक सुनेर सुझाव दिन अनुरोध गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!