अचम्म !! एउटै मान्छेले निकाले ६२ आवाज (भिडियो सहित)

Posted on: 04 Aug, 2017


साउन २०, काठमाडौँ | क्यारीकेचर गर्दै आएका कलाकार सुबोध गौतमले गाईजात्रा कोसेलीस्वरुप ६२ थरी आवाज निकालेको भिडियो सार्वजनिक गरेका छन् । 

उनले राजनितिक दलका नेतादेखि चलचित्रका अभिनेता र हाँस्यकलाकारको दुरुस्तै क्यारीकेचर गरेको भिडियो सार्वजनिक गरेका हुन् । उनले क्यारीकेचरमार्फत नेताहरुलाई व्यंग्य हानेका छन् । कलाकार गौतमले बालबालिका माझ लोकप्रिय मोटु पात्लु टेलिभिजन कार्यक्रमका अधिकाँस पात्रको आवाज हुबहु नक्कल गरेका छन् । केहि समय घुलमील भएपछि जो कोहि क्यारीकेचर गर्न सक्ने कलासँगै उनीसँग भएको जनावर र चराचुरुंगीको आवाज निकाल्ने क्षमतालाई पनि यस भिडियोमा देखाएका छन् । उनी भन्छन्, "मानिसको आवाज वा बोल्ने हाउभाउ बुझेपछि उक्त व्यक्तिको क्यारीकेचर गर्न सजिलैसँग सक्छु । 

सयौँ व्यक्तिको नक्कल गर्न सकेपनि भिडियोमा भने प्रसंग मिलाएर ६२ प्रकारको मात्र आवाज समावेश गरेको छु । आउँदा दिनमा थप व्यक्तिको क्यारीकेचर पनि दर्शकमाझ प्रस्तुत गर्नेछु ।" कलाकार गौतम लोकप्रिय हास्य टेलिश्रृंखला 'मेरी बास्यै'मा गनगनेको भूमिकामा पनि देखिएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!