केशव घिमिरेले ल्याए मौलिक तिज गित 'वचन नलाउ है' (भिडियोसहित)

Posted on: 11 Aug, 2017


साउन २७, पोखरा  | महिलाहरुको महान चाड हरितालिका तीजको अवसर परेर लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेको तीज गीत 'वचन नलाउ है' अडियो  तथा भिडियो संगै बजारमा ल्याएका छन् ।

बिशेष गरि तीजलाई नै लछित गरि बनाएको गीत  वचन नलाउ है, श्रीमति बुढा बाबा आमा गाउँमा, श्रीमान बिदेश, जटिल घरको अवस्था, चेली दिदीबैनी तिजमा माइती आउछन, बुढा बाबा आमा लाई छाडेर  यो बेला माइत नजाउ बरु तिज पछि माइत जाउली भन्दै बिदेशबाट घरमा रहेकी श्रीमति लाई अनुरोध गरिएको  कथा र दृश्य म्युजिक भिडियो मा देख्न सकिन्छ ।

तिज का कार्यक्रम ,पार्टी, मेला ,महोत्सव हरु मा र नाच्न मिल्ने गीत रहेको गायक तथा सर्जक घिमिरेले बताए । चन्दन म्युजिकको उत्पादक तथा बितरक रहेको गीतमा अन्जना सिग्देल घिमिरेको प्रस्तुति रहेको छ भने केशव घिमिरे र देबि घर्तीको स्वर साथै केशब घिमिरे कै शब्दमा लय रहेको छ।

बिगत ८ बर्ष देखि तीज गीत पनि निकल्दै आएका घिमिरेका किन्दिउला म चुरा,म पनि के छु र कमि,चट सारी मिलाएर लाउन सिकाइदिउला, नारी त लक्ष्मी हुन, आमाले पकाको खाउला मिठो दर, क नम्बर, पुराना भाका नै हराछ्न साथै चर्चित  लोक दोहोरी गीत जेलमा थुनेनि ,रुन्छु बर्है महिना, देखन मन लाइरन्छ, धर्ती फाटला, आधीखोला तरेर लगायत दशै तिहार पन्चेबाजा हराछन् १२० भन्दा बढी गीत बजारमा आइसकेका छन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!