को बाहिरिएला भन्दै नेपाल आइडल हेरेका लाखौँ दर्शकहरु नमज्जाले झुक्किए !

Posted on: 01 Sep, 2017

भदौ १६, काठमाडौँ | नेपाल आइडलको टप-4 मध्ये आजको कार्यक्रमबाट को बाहिरिएला भनेर निकै उत्सुक भएर टेलिभिजन हेरेका दर्शकहरु अन्त्यमा नमज्जाले झुक्किएका छन् । चार प्रतिष्पर्धी निसान भट्टराई, सागर आले, बुद्ध लामा र प्रताप दास मध्ये आज एक जना नेपाल आइडलबाट बाहिरिने भन्दै उत्सुक भएर टेलिभिजन हेरेका दर्शकहरु कार्यक्रमको अन्त्यमा चारै जनालाई फाइनलसम्म लाने निर्णायकहरुको निर्णयले झूक्कीएका हुन् । 

आजको कार्यक्रम गीतकार बसन्त चौधरीको 'शान्ति लुकाउँ कहाँ...' बोलको गीतबाट नेपाल आइडलका चारै जना प्रतिष्पर्धीको साथ सुरु गरिएको थियो । कार्यक्रमको सुरुवातसँगै निसान भट्टराईको सुरुवातमा अर्का प्रतिश्पर्धी बुद्ध लामाले 'मलाई दिईसकेको दिल...' बोलको गित प्रस्तुत गरेका थिए ।

त्यसपछि नेपाल आइडलमा भदौ २३ गते रिलिज हुने चलचित्र '२ रुपैयाँ' को प्रमोसनको लागि नेपाल आइडलको स्टेजमा चलचित्रका नायक द्वय निश्चल बस्नेत र आशिक साह देखा परे । स्टेजमा निश्चलले चलचित्रको अत्यन्त ख्यातीप्राप्त गित 'कुटुमा कुटु सुपारी दाना..' बोलको गित गाए भने आशिकले आफुले चलचित्र दुईरुपयाँमा नाचेको बिषयलाई रमाइलो रुपमा प्रस्तुति दिएका थिए । 

कार्यक्रममा त्यसलगत्तै सागर आलेको सुरुवातमा निसान भट्टराईले 'गुलाबको फुल भन्थें...' बोलको गीत प्रस्तुत गरे । त्यसपछि कार्यक्रममा सागर आलेको सुरुवातिमा प्रताप दासले 'आउ-आउ...आउ न...' बोलको गितमा प्रस्तुति दिए । 

त्यस्तै बुद्ध लामाको सुरुवातीमा प्रताप दासले 'मेरी प्रिया  ...' बोलको गीत पुरा गरे । यति खेरसम्म कार्यक्रममा क-कसले कम भोट पाएका छन् भन्नेबारे कुनै खुलाशा गरिएन । प्रतिष्पर्धीहरुको आग्रहमा कार्यक्रममा चार जना मात्र प्रतिष्पर्धी रहेकाले बटम -3 मा को-को परे भन्ने बिषयमा खुलाशा नगरिएको बताइएको थियो ।

कार्यक्रमको अन्त्यतिर मात्र नतिजाको बिषयमा यस्तो खुलाशा भयो । जसमा नेपाल आइडलका जजहरुको निर्णयमा 'नो एलिमिनेसन' घोषणा गरियो । जसको कारण प्रतिष्पर्धी चारै जनालाई फाइनलमा लागिएको छ । 

नेपाल आइडलको Top-4 को आजको कार्यक्रमको लागि मात्र आ-आफ्नो मनपरेका प्रतिष्पर्धी (४ जना) को लागि ३७ लाख २० हजार २८४ मत आएको थियो । 

यसैबीच नेपाल आइडलको कतारमा हुने फाइनलमा टप-१२ प्रतिष्पर्धीको प्रस्तुति हेर्न सकिने भएको छ । साथै एपी-1 टेलिभिजनमार्फत विश्वभर प्रत्यक्ष प्रशारण हुने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!