राजधानीको सकस देखाउने चलचित्र ‘सकस’ देशभर प्रदर्सनमा आयो (भिडियोसहित)

Posted on: 10 Nov, 2017

कात्तिक, काठमाडौँ । राजधानीमा मौलाउँदै गएको गुण्डा गर्दीलाई मुख्य विषय बनाएर निर्माण गरीएको चलचित्र 'सकस' शुक्रबारबाट देशभर प्रदर्सन भैरहेको छ । 

एन.वि मर्हजनले निर्देशन गरेको उक्त चलचित्रमा सुन्दर श्रेष्ठ, विल्सन बिक्रम राइ, महिमा सिलवाल, सुष्मा कार्की, रविन्द्र खड्का, श्याम राई लगायत कलाकारको मुख्य भुमिका रहेको यस चलचित्रको लेखन कार्य मौनता श्रेष्ठले गरेका हुन् ।

सुन्दर श्रेष्ठको निर्माण रहेको चलचित्र काठमाडौँमा गुण्डाहरुको राज कसरी चल्छ, कसरी गुण्डा बन्छन्, गुण्डालाई हेर्ने सिस्टम कस्तो छ भन्ने बिषयमा बनेको छ ।  उक्त चलचित्रको शीर्ष गीतमा संसारमा बाच्नका लागि संसारमा व्याप्त सकसलाई तोड्नु पर्ने सन्देश दिइएको छ । 

अक्कल सिंह र दोभान फिल्मस् प्रा.लिको प्रस्तुति रहेको चलचित्र कृष्ण श्रेष्ठले खिचेका हुन् । हिमाल केसीको द्वन्द्व रहेको चलचित्रमा कमल राई र समिर मियाको कोरियोग्राफी रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!