दिपेन्द्र तिमल्सिनाको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

Posted on: 10 Nov, 2017


कात्तिक २४, काठमाडौँ | युवा निर्देशक दिपेन्द्र तिमिल्सिनाको निर्देशन र चर्चित गायिका अन्जु पन्तको स्वरमा नयाँ गीत 'आँशुले बाटो' सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द रहेको यस गीतमा संगीतकार  रमेशराज भट्टराईले संगीत भरेका छन् ।

शंकर, सुमिना र सबिना लगायतको मोडलिङ रहेको यस गीतको भिडियोलाई करण चैसिरले छायांकन गरेका हुन् । पवन सिम्खडाले सम्पादन गरेको यस भिडयो आर म्युजिक प्रालिले म्युजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको हो ।

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!