दिशा पटानीको यस्तो फोटोलाई लिएर किन भयो बबाल

Posted on: 13 Nov, 2017

कात्तिक, काठमाडौँ  । फिल्म एमएस धोनीबाट बलिउडमा डेव्यु गरेकी हिरोइन दिशा पटानी पछिल्ला दिन चर्चामा छिन् । 

उनले सामाजिक सञ्जालमा हालेको एक फोटोका कारण निकै चर्चामा छिन् । उनलाई सामाजिक सञ्जालमा ट्रोल गरिएको छ । 


दिशाले स्विमिङसूट लगाएको एक बोल्ड फोटो शेयर गरेकी थिइन् । जसपछि उनलाई आलोकचकहरुले भद्दा कमेन्ट गरेका छन् ।

हालै मात्र दिशाले मेक्सीम म्यागजिनको लागि बोल्ड फोटोशूट गराएकी थिइन् । जसको तस्वीर उनले इन्स्टाग्राममा शेयर गरेकी थिइन् । तर एक तस्वीर यस्तो थियो जसमा उनले स्विमिङसूट लगाएकी थिइन् । उक्त फोटोमा उनी निकै ग्ल्यामरस देखिएकी थिइन् । 

उनको यस्तो पहिरनको विरोध गर्नेहरुले स्विमिङसूटको सट्टा सारी लगाउन सल्ला दिएका छन् । केहीले भने आपत्तिजनक कमेन्ट गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!