मोडेल रिता कार्की गम्भीर दुर्घटनामा

Posted on: 19 Dec, 2017

काठमाडौं, ४ पुस । मोडेल तथा कलाकार रिता कार्की गम्भीर घाइते भएकी छिन् । 

हिजो साँझ जोरपाटीबाट साँखु जाने क्रममा उनी मुलपानीमा दुर्घटनामा परेकि हुन् । मोडेल कार्कीको संखरापुर अस्पतालमा उपचार भईरहेको छ । मोडेल कार्कीसँगै युवा निर्देशक तथा हास्यकलाकार घनश्याम तिमल्सिना ‘एन्टिना’ पनि घाइते भएका छ्न् । एन्टिना भने सामान्य उपचारपछी घर फर्केका छ्न् । 

मोडेल कार्कीले सामाजिक संजालमा समेत गम्भीर दुर्घटनाबाट बचेको कुरा जानकारी गराएकी छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!