न्युयोर्क "फेशनहब एक्स्पो २०१७ "मा राजिव श्रेष्ठको करामत (फोटोफिचर)

Posted on: 19 Dec, 2017

विजय थापा/पुस ४, अमेरिका  l बिश्व कै राजधानी मानिने न्युयोर्क शहरमा गत डिसेम्बर १५ र १६ तारिखमा दुई दिने फेशन एण्ड ब्यूटी एक्स्पो नामक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ l 

उक्त कार्यक्रम न्युयोर्क बाट संचालित इलुसिड पत्रिकाले आयोजना गरेको हो l यसका लागि नेपालका प्रख्यात फोटोग्राफर ( छाया चित्रकार  ) राजिव श्रेष्ठ लाई अधिकारिक रुपमा मनोनित गरेको थियो l पत्रिकाका संस्थापक अङ्कित रौनियार हुन् l 


अमेरिकामा पनि आफ्नो पेशालाई निरन्तरता दिदै आएका राजिव श्रेष्ठले आफूले अमेरिकामा यस्तो मौका पाई रहेको भन्दै अझ आफूले मेहनत गर्नु पर्ने र पेशालाई निरन्तरता दिने बताए l उनले आफूले मेहनत गरेर खिचेको तस्बिर प्रति सन्तोष व्यक्त गरेका छन् l 

उक्त फेशन हब नामक कार्यक्रममा विविध कार्यक्रम रहेता पनि उनलाई व्यवसायिक भेषभूषा फोटोग्राफरको रुपमा छनौट गरिएको थियो l यसको साथै उक्त भेषभूषा प्रस्तुतिमा डिसी महानगर क्षेत्रकि एक मात्र नेपाली मोडल (नमूना )रिमा केसी अन्य बिदेशी महिलाहरु संगै प्रस्तुति गरेकि थिइन् l 


रिमालाई  क्त फेशन हब कै दुई डिजाईनर्स (अभिकल्पक)ले सहभागीको लागि छनौट गरेका थिए l केसीले न्युयोर्कमा सम्पन्न उक्त कार्यक्रममा सहभागी हुन् पाउँदा अझ आत्म बिश्वास बढेको र आफ्नो लागि ठुलो मौका पाएको बताइन l 

उक्त फेशन हब कार्यक्रममा शृंगार, वस्त्र, छाला सम्बन्धि, कपाल, नङ्ग तथा महिला शृंगारका सामग्री बेच बिखनको लागि समेत राखिएको थियो l 






यस बिषयमा तपाइको प्रतिक्रिया...!