ह्याप्पी न्यू इयरको तिमी नै मेरो...रिलिज (भिडियो सहित)

Posted on: 26 Dec, 2017

चलचित्र ‘ह्याप्पी न्यू इयर’ को ‘तिमी नै मेरो’ बोलको गीत रिलिज भएको छ । सोमबार युट्युव च्यानल मार्फत फिल्मको रोमान्टिक सङ रिलिज गरिएको हो ।

सार्वजनिक गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर समावेश छ । गायक टंक स्वयमको यस गीतमा शब्द तथा संगीत रहेको छ । डिकेशको नृत्य निर्देशन रहेको यो गीतमा कुशल थापा र सन्ध्या केसी फिचर छन् । मनोरम दृश्यमा सुट गरिएको गीत फिल्म रिलिजको चार दिन पहिले आउट गरिएको हो ।


केही दिन पहिले मात्र फिल्म निर्माण यूनिट मोफसलको प्रमोशनल टुर सकेर राजधानी फर्केको छ । नयाँ वर्षलाई लक्षित गर्दै पौष १४ गते चलचित्रले प्रदर्शन आरम्भ गर्दैछ । न्यू इयर इभ देखि रिलिज हुने यस फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।

चलचित्रमा कुशल थापा, सन्ध्या केसी र पुकार गौतमको शीर्ष रोल रहेको छ । यस फिल्मलाई रति थापाले निर्माण गरेकी हुन् । 

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!