युवा गायक सचिनको 'तिमीलाई देखेपछि प्यार बढ्यो सानु' सार्वजनिक (भिडियोसहित)

Posted on: 27 Dec, 2017

खोटाङका सञ्चारकर्मी तथा युवा गायक सचिन राईको म्यूजिक भिडियो ‘तिमीलाई देखेपछि प्यार बढ्यो सानु’ बजारमा आएको छ ।

गायक राईले सन्तकुमार राईको गीत र अशोक राईको संगीत समेटिएको म्यूजिक भिडियो बजारमा ल्याएका हुन् । वर्तमान युवा पुस्तालाई लक्ष्यीत गर्दै ल्याइएको म्यूजिक भिडियोमा रोजिना राई, हरिचन्द्र राई लगायतले अभिनय गरेका छन् । 

हेरुका लामाको कोरियोग्राफीमा बनेको म्यूजिक भिडियोमा खगेन्द्र पन्धाक लिम्बूको निर्देशन रहेको छ । म्यूजिक भिडियो रेम्बो रेज मिडियाले निर्माण गरेको हो ।


युट्युब मार्फत सार्बजनिक गरिएको म्यूजिक भिडियोलाई हालसम्म करिब १५ हजारले हेरेका छन् । यो समाचार तयार पार्दासम्म भ्युअर संख्या १४ हजार ७ सय ७१ पुगीसकेको छ । 

२०६९ सालमा आयोजित खोटाङ सुगमस्टारको उपाधि विजेता बनेपछि २०७१ सालमा एल्बम सुगमस्टार बजारमा ल्याइसकेका गायक सचिन २०७० सालमा आयोजित नेपाल आइडलका फस्टरनरअपको उपाधि बिजेता हुन् । 

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका गायक राई रुपाकोट रेडियो खोटाङका सञ्चारकर्मी पनि हुन् । केही वर्ष यता राजधानीमा बसेर सांगीतिक क्षेत्रमा क्रियासिल राईले राईले २५÷३० वटा कलेक्सन गीतमा स्वर दिइसकेका छन् । प्रस्तुति: चिसाङ शेर्पा, खोटाङ


यस बिषयमा तपाइको प्रतिक्रिया...!