खोटाङ आईडल: पहिलो चरणको अन्तिम अडिसन दिक्तेलमा जारी

Posted on: 01 Jan, 2018

चिसाङ शेर्पा/पुस १७, खोटाङ । जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो खोटाङ आईडलको पहिलो चरणको अन्तिम अडिसन दिक्तेलमा जारी रहेको छ । 

‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने मुल उद्देश्यका साथमा गत मंसिर २३ गते साकेला गाउँपालिका रतन्छाबाट शुरु भएको खोटाङ आईडलको पहिलो चरणको अडिसन मंगलबार सकिने भएको छ ।

आयोजकको निर्धारित कार्यक्रम रुपरेखा अनुसार अडिसन सोमवार सकिने भनिए पनि सदरमुकाम दिक्तेलमा कार्यक्रम व्यवस्थापन र अतिथिहरुको ढिलो उपस्थितीले तोकिएको समयबाट रियालिटी शाको अडिसने शुरु हुन नसक्दा सांगितिक रियालिटी शो खोटाङ आईडलको पहिलो चरणको छनौट प्रक्रिया एक दिन पर सरेको हो । 


परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानी चप्लेटी र नगरपालिका तथा गाउँपालिकामा रहेका सहआयोजकको सहकार्यमा आठ गाउँपालिका, दुई नगरपालिका अन्तरगत दिक्तेलको अडिसनमा ७५ जनाले सहभागिता जनाएका छन् । सोमबार ३० जनाले आफ्नो प्रतिभा प्रस्तुत गरेका कार्यक्रम संयोजक जिबन कुमार राइले बताउनुभयो । 

बाँकी प्रर्तिस्पर्धीहरुका लागि मंगलबार दश बजेबाट छनौट कार्यक्रम रहेको आयोजकले जनाएको छ । दिक्तेलमा सञ्चालन भईरहेको अडिसनमा गायक पृथ्बी जिम्बा, अटल राई, भक्त बिक र राजन पुर्बेली निर्णयकमा रहेका छन् ।  

रियालिटी शोका वजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्राले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्टले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!