बाके दाह्रीलाई भद्रगोलकी रक्षाले यसरी बनाइन् मुर्गा (भिडियोसहित)

Posted on: 03 Jan, 2018

श्रीकृष्ण लुईटेल (बोकेदाह्री) कमेडी गीतमा छुट्टै पहिचान बनाएका गायक हुन् । 

उनी आफैँ गीत लेख्छन्, संगीत भर्छन् र भिडियोमा पनि आफैँ देखिन्छन् । उनको स्वर, शब्द र संगीत रहेको गीत सुनको सिक्रिले चर्चा कमाईरहेको समयमा बाकेदाह्री अभिनित नयाँ गीत सार्वजनिक भएको छ । उनकै शब्द रहेको दुर्गाले मुर्गा बनाई बोलको गीतमा सिमान्त सन्तोषको स्वर छ ।

भिडियोमा भद्रगोलकी रक्षा दुर्गाको रुपमा देखिएकी छिन्, जसले बोके दाह्रीलाई फसाएर अर्कैसँग विवाह गर्छिन् । कतिपय युवतिले आफ्नो स्वार्थपूतिका लागि केटालाई फसाएर आफ्नो बाटो लाग्ने गरेको यर्थाथलाई व्यंग्य गर्दै यो गीत बनेको हो ।

 युवराज वाईवाको निर्देशनमा बनेको गीतको भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतमा श्रीकृष्ण, सिमान्त सन्तोष, रक्षासँगै डि गोर्खाली बोईज पनि देखिएका छन् । 

हेर्नुहोस् भिडियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!