पुस २८ बाट खोटाङ आइडलको दोश्रो अडिसन

Posted on: 04 Jan, 2018

चिसाङ शेर्पा/पुस २०, खोटाङ । सांगितिक रियालिटी शो खोटाङ आईडलको दोश्रो अडिसन पुस अन्तिमबाट हुने भएको छ । 

‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने उद्देश्यका साथमा सञ्चालित ‘खोटाङ आईडलको दोश्रो अडिसन पुस २८÷२९ गतेबाट हुने भएको हो ।

परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीद्धारा आयोजित रियालिटी शो अन्तरगतको दोश्रो चरण अडिसनका लागि जिल्लाको आठ गाउँपालिका, दुई नगरपालिकाबाट १ सय ६८ जना प्रतियोगीहरु छनौटमा परेका छन् । 

दोश्रो अडिसनबाट १ सयजना बाहिरिने कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो ।

दिक्तेल बजारको स्थानिय हेलिप्याडमा सञ्चालन हुने दोश्रो अडिसनका लागि गायक सागर संसार राई, राजेश पुमा राई, भक्त बिक निर्णायकमा कार्यक्रम व्यवस्थापक दिपेश पायल राई बताए ।

जिल्लाको हकमा ठूलो धनराशी भएको रियालिटी शोमा साकेला गाउँपालिका रतन्छाबाट १०, दिप्रुङ गाउँपालिका ११, खोटेहाङ गाउँपालिका १६, जन्तेढुंगा गाउँपालिका ८, बराहपोखरी गाउँपालिका ९, केपिलासगढी गाउँपालिका १६, ऐसेलुखर्क गाउँपालिका १०, लामिडाडाँ गाउँपालिकाबाट ७, हलेसी तुवाचुङ नगरपालिका १५, रुपाकोट मझुवागढी नगरपालिका बुईपा २१ र सोही नगरपालिकाको दिक्तेलबाट ४५ जना खोटाङ आईडलको दोश्रो चरण अडिसनका लागि छानिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!