शिवको गीतमा सरोज र सिर्जनाको रोमान्स (भिडियोसहित)

Posted on: 04 Jan, 2018

पुस,काठमाडौँ । शिव राजा र बिष्णु बुढथोकीको आवाजमा रहेको गज्जबको गीत ‘प्रियसी आई लभ यु’ सार्वजनिक गरिएको छ । 


बिहिबार सार्वजनिक गरिएको गीतमा प्रेम र प्रेमिल जोडीहरुको भावलाई देखाइएको छ । शिवराजाकै शब्दरचनामा बनेको गीतमा चेतन राज कार्कीको संगीत रहेको छ ।

राजधानीका बिभिन्न स्थानहरुमा छायांकन गरिएको गीतको भिडियो एकदमै सुन्दर बनेको छ । प्रविण भट्टको निर्देशनमा बनेको गीतको भिडियोमा सरोज दहाल र सिर्जना श्रेत्रीको अभिनय रहेको छ । 

गोकुल अधिकारीको छायांकन रहेको ‘आई लभ यु’बोलको गीतलाई निर्देशक भट्टले नै सम्पादन गरेका छन् । युवा पुस्ताको कथाबस्तु समेटिएको गीतलाई दर्शकहरुले रुचाउनेमा गीतको निर्माण पक्ष बिस्वस्थ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!